Published Date
2077-09-05

बीउ बिजन प्रयोगशालाले संचालन गर्ने मुख्य क्रियाकलापहरु क्रमश बीउ परिक्षण बीउ बाली खेत निरिक्षण तथा बीउको माँग तथा आपुर्ति सम्वन्धि विवरण वीउ व्यवस्थापन सुचना प्रणाली मार्फत संचालन हुन थालेको छ । वीउ उत्पादकहरुले आफ्नो बीउ बालीको खेत निरिक्षण एंव प्रमाणिकरणका लागि प्रयोगशालाको वेभ पेजमा गइ सोझै बीउ बाली सम्वन्धि जानकारी भर्न सक्नुहुनेछ । त्यसैगरि प्राप्त नमुनाहरुको परिक्षण प्रतिवेदन नमुना पठाउनेको इमेल ठेगानामा प्रतिवेदन तयार भएपश्चात सोझै जाने व्यवस्था मिलाइएको छ । सफ्टवेयरको प्रयोगबाट कृषकहरुलाइ प्रतिवेदन लिन समेत सहज हुने अपेक्षा गरिएको छ ।